१५ बैशाख २०८१, शनिबार
Follow Us

राप्रपा नेपाल अध्यक्ष कमल थापा बेलायत आउदै

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७९, आईतवार ०४:५१

लण्डन । राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत आउने भएका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत आएका हुन् ।

निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका विभिन्न संघसंगठनका प्रतिनिधिसँग भने भेट वार्ता हुन सक्ने उनले बताए ।