८ बैशाख २०८१, शनिबार
Follow Us

संसदबाट पारित एनआरएन नागरिकता र परिचयपत्र उस्तै हो : रामप्रताप थापा, एनआरएनए, संस्थापक

नेपालब्रिटेन डट कम्
८ श्रावण २०७९, आईतवार २०:५७

लण्डन । गैरआवासीय नेपाली संघका संस्थापक मध्येका एक रामप्रताप थापाले संसदबाट पारित गरिएको नागरिकता परिचयपत्र भन्दा फरक नभएको बताएका छन् ।

थापाले अघिकारका हिसावले कार्ड र नागरिकतामा खासै फरक नभएको बताएका छन् । उनले नेपालप्लसलाई दिएको एक अन्तरवार्तामा भनेका छन् जुन आर्थिक, सांस्कृतिक र सामाजिक अधिकारका कुराहरु सबै उस्तै हुन । त्यहि कार्डको प्रावधानलाई अहिले अलिकती पेन्टिङ मात्र गरेको हो ।

मुद्धा सम्बोधन गर्दैन्

उनले ‘एनआरएनएल उठाएका दोहोरो नागरिकताका मुद्दाहरुलाई यसले पूर्ण रुपमा सम्वोधन गर्दैन । कस्तो भएको थियो भने पहिले हामीले दोहोरो नागरिकताको कुरा उठाएका थियौं । तर नेपाल सरकारका पदाधिकारीहरु र राजनीतिज्ञसँग कुरा हुँदा यो मिल्दैमिल्दैन भन्नुयो । हामी निरास भएका थियौं । त्यसपछी हामीले हाम्रा मुद्दाहरु अलिकती फेरेर पुरानै नागरिकताको निरन्तरता हुन दिनुस भन्यौं । अहिलेसम्म पनि त्यहि नै छ । यो विधेयकले हाम्रो यो अभियानमा अलिकति आशाको किरण देखाएको’ बताए ।

थापाले संसदबाट पारित नागरिकता एउटा खुड्किलो मात्र भएको बताउदै भने ‘न त यो दोहोरो नागरिकता हो न यो पुरानो नागरिकता नै । यो खासमा अहिले केहि पनि होइन, यो उपल्लो खुड्किलो मात्र हो । तर हामीले गतिलोसँग लविङ गर्ने हो भने यसलाई दोहोरो नागरिकताको रुपमा रुपान्तरित गर्न सक्छौं ।’