१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन नागरिकतामा धोका, कस्ले के भने, ७ रोचक तथ्य सहित

नेपालब्रिटेन डट कम्
९ श्रावण २०७९, सोमबार ०३:३५

लण्डन । सरकारद्धारा संसदबाट पारित नागरिकता विधेयकको बारेमा गैरआवासीय नेपालीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

गैरआवासीय नेपाली संघका संस्थापक रामप्रताप थापाले एनआरएनए नागरिकता परिचयपत्रकै रुपमा आएको बताएका छन् ।

एनआरएनए यूकेको संस्थापक कृष्ण भट्टले अहिले प्रस्तावित नागरिकताले दिर्घकालिन रुपमा आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पार्ने प्रतिक्रिया दिए । उनले वर्तमान टिके नेतृत्वलाई जस दिन हतार नगर्न सुझाव दिएका छन् ।

एनआरएनएका पूर्व उपाध्यक्ष हितमान गुरुङले नेपाली नागरिकताको निरन्तरता नभए सम्म लविङ कायम राख्न सुझाव दिए । यस्तै व्यवसायी विराज भट्टले एनआरएनएलाई तेस्रो नागरिकता दिएको टिके र धोके नेतृत्वले पत्तै नपाएको बताए ।

एनआरएनए यूकेका पूर्वअध्यक्ष योग कुमार फगामीले दुखद घट्ना भनेका छन् ।

बेलायतस्थित एक समाजसेवी बिक्रम भट्टराईले हेर्दा हेर्दै तेस्रो दर्तामा थन्काईदा पनि जयजयकार गर्नेको भिड बढेको बताए । काउन्सिलर लक्ष गुरुगंले एक पटकको नेपाली सधैको नेपाली भन्ने मुलमर्मलाई नागरिकताले सम्बोधन नगरेको बताए ।

उनले एनआरएन नागरिकतालाई धिक्कार छ भनेका छन् । एनआरएनए आइसीसी सदस्य महेश अधिकारीले प्रवासी नेपालीप्रति ललीपप बाहेक केही मिलेन भनेका छन् । यस्तै एनआरएनए यूकेका पूर्वअध्यक्ष महेन्द्र कंडेलले एनआरएनए नागरिकतालाई अपूर्ण र लंगडो अधिकार भनेका छन् ।

संसारभरबाट गैरआवासीय नेपाली नागरिकता बारे मिश्रित प्रतिक्रिया आउदा संघका उपाध्यक्ष डा. हेम राज शर्माले गैरआवासीय नेपाली नागरिकता र बैबाहिक नागरिकतासँग जोडिएका ७ रोचक तथ्यहरु सार्वजनिक गरेका छन् ।

१. नेपाली नागरिकसँग बिबाह गर्ने विदेशी महिलाले बिबाह लगत्तै नेपाली नागरिकता पाउने बिषयलाई धेरै जसोले भारतका महिलासँग मात्र जोडेको देखियो । नेपालीहरु ११० राष्ट्रभन्दा बढि राष्ट्रमा बसोबास गर्छन् । उनीहरुका बिदेशी श्रीमतीहरूले पनि यो अधिकारको उपभोग गर्न पाउने छन् । नेपाल गरिब छ, विदेशीले नेपालको नागरिकता लिन चाहिदैन भन्ने अहिलेको मानसिकता छ । तर कुनै दिन नेपाल समृद्ध बन्ला र विदेशीहरु नेपाल जान चाहन्छन होला । यस्तो अवस्थामा हाम्रो देश अन्तर्राष्ट्रिय सांस्कृतिमय देश बन्ने छ ।

२. विदेशमा बस्ने नेपाली महिलाका श्रीमानहरुलाई भने यो सुविधा हुने छैन र उनका संतान पनि सजिलै नेपाली नागरिकता प्राप्त गर्न सक्ने छैनन् ।

३. मानौ, बेलायत बस्ने नेपाली (जसले बेलायती नागरिकता लिएको छैन) ले यहाँको महिलासँग बिबाह गर्यौ । उनले चाहिन भने नेपालको अंगिकृत नागरिकता लिन पाउने भइन र नेपालका सबै राजनितिक, प्रशासनिक लगायतका सुविधा आम नेपाली सरह उपभोग गर्न सक्ने भइन (यहाँको नागरिकता छाडेको खण्डमा) । उनका छोरा नाती पनाति पक्का नेपाली हुने भए । तर बेलायत मै बस्ने नेपालीले यहाँको नागरिकता लिएको छ भने उसको नेपालको बंशजको नागरिकता रद्द हुने छ । यदी उसले गैरआवासीय नेपाली नागरिक लियो भने उसले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार मात्र उपभोग गर्न पाउने भयो । उसका नाती पछिको पुस्ता भने नेपाली रहन सक्ने छैन । विदेशी नागरिकता लिने नेपालीलाई यत्रो सजाय, नेपाली पुरुषसँग बिबाह गर्ने महिलालाई कत्रो पुरस्कार रु अनि खोई हाम्रो महिलालाई अधिकार ?

४० गैरआवासीय नेपाली नागरिकता लिदा नेपालको साबिकको नागरिकता र विदेशको पासपोर्ट बुझाउनु पर्ने हुन्छ । विदेशमा सेटल हुने क्रममा थुप्रै गैरआवासीय नेपालीहरुले झुट विवरण दिएका छन भन्ने सुनिन्छ । यस्तो अवस्थामा नेपाली नागरिकताको नाम र जन्म मिति विदेशी पासपोर्ट भन्दा फरक हुन सक्छ र उनीहरु गैरआवासीय नेपाली नागरिकता लिनबाट बञ्चित हुन सक्छन ।

५) मानौ, एउटै बाउका दुई छोरा मध्य एक जना अमेरिका बस्छ, अर्को जर्मनी बस्छ । यदि उनीहरुले त्यहाँको नागरिकता लिएका छन् भने अमेरिका बस्ने नेपालीलाई नेपालमा सम्पत्तिमा कुनै हदबन्दी हुने छैन भने जर्मनीलाई बस्ने (जहाँ दोहोरो नागरिकताको प्रावधान छैन) छोराको भने नेपालमा सम्पत्ती किनमेल गर्न हदबन्दी तोकिने छ (अहिले कै व्यवस्था कायम भएमा) ।

६. नेपालमा बस्ने महिलाको सन्तानको बाबु पहिचान भएको छैन भने पनि उसले वंशजको आधारमा नेपाली नागरिकता पाउनेछ तर विदेशमा बस्ने नेपाली महिला भने यो हकबाट बञ्चित छन । भूगोल पार गर्दाको सजाय ।

७. संविधानको धारा २९१ ले विदेशको स्थाई बसोबास अनुमती प्राप्त नेपाली (जोसँग वंशजको नेपाली नागरिकता कायम नै छ) का केही अधिकार बैबाहिक पंजिकृत नागरिकलाई भन्दा कम गरेको छ ।