१२ बैशाख २०८१, बुधबार
Follow Us

आज इंग्ल्याण्ड र स्विडेन भिड्दै

नेपालब्रिटेन संवाददाता
१० श्रावण २०७९, मंगलवार ०५:०३

युरोकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनल खेलहरु आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज मंगलबार राति आयोजक इंग्ल्याण्डले स्विडेनको सामना गर्नेछ ।

यो खेल इंग्ल्याण्डको शेफिल्डमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा स्पेनलाई हराउँदै इंग्ल्याण्ड तथा बेल्जियमलाई पाखा लगाउँदै स्विडेन सेमिफाइनलमा पुगेका हुन् ।

महिला फुटबलमा इंग्ल्याण्डभन्दा स्विडेनको इतिहास बलियो छ । यसअघिका २६ भेटमा १५ पटक स्विडेन विजयी भएको छ भने इंग्ल्याण्ड तीन पटक मात्रै विजयी भएको छ । बाँकी खेल बराबरीमा सकिएका छन् ।

यसपटक भने स्विडेनभन्दा इंग्ल्याण्डको टोली बलियो रहेको धेरैको अनुमान छ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि बुधबार राति जर्मनी र फ्रान्स भिड्नेछन् ।