१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए सिइओ नियुक्तिको लागि उच्चस्तरिय समिति गठन

नेपालब्रिटेन डट कम्
११ श्रावण २०७९, बुधबार ०४:३४

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) को वालुवाटारस्थित सचिवालयमा रिक्त रहेको कार्यकारी निर्देशक (सिइओ) पद नियुक्तिका लागि उच्चस्तरिय समिति गठन भएको छ ।

गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघका केन्द्रीय पदाधिकारी सहित केही विज्ञ समेत समावेश गरि सो समिति गठन भएको हो ।

समितिमा संघका अध्यक्षत्रय कुल आचार्य, डा. बद्री केसी, रविना थापा, महासचिवद्धय गौरीराज जोशी, डा. केशव पौडेल, पूर्वराजदुत भिम उदास, अनलराज भट्राई, एकनाथ खतिवडा र उपाध्यक्ष महेश श्रेष्ठ रहेका छन् ।

संघले ८ जुनमा सिइओ नियुक्तीका लागि खुल्ला दरखास्तको आह्वान गरेको थियो । गैरआवासीय नेपाली संघ स्रोतका अनुसार करिब ४ दर्जन आवेदकबाट १ महिला सहित ५ जनाको नाम छानिएको छ । उनीहरु मध्ये एक जनाले वालुवाटारस्थित संघको सचिवालयको प्रशासन समाल्ने छन् ।

संघका केन्द्रीय पदाधिकारीहरुको रोहवरमा उनीको अन्तरवार्ता गरिने बताएको छ ।

योग्यता र दक्षताको आधारमा आवेदकको र्‘याङकिङ’ गर्ने जिम्मेवारी ‘पिुपुल टू पिपुल’ नामक कम्पनीलाई दिइएको थियो।

संघका अनुसार आगामी दुई हप्ताभित्र संघको कार्यकारी निर्देशकको टुंग्गो लगाउने तयारी गरिएको छ ।

संघको सचिवालयमा १ बैशाखदेखि सिइओ पद रिक्त छ।