August 14, 2022
3:43 AM | 8:28 AM
खेल

फाइनलमा इग्ल्यान्डको प्रतिद्वन्द्वी जर्मनी

  28/07/2022 मा प्रकाशित

लन्डन । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई २-१ अन्तरले पराजित गर्दै जर्मनी महिला युरो च्याम्पियनसीप २०२२ को फाइनलमा प्रवेश गरेको छ । अब, जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । अघिल्लो रात इंग्ल्यान्डले स्विडेनलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

बुधबार राति पहिलो हाफ १-१ स्थितिमा सकिदा दोस्रो हाफमा जर्मनीले विजयी गोल गरेको थियो । एलेक्जान्ड्रा पोपले खेलको ४०औं मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाइन। पहिलो हाफ सकिन एक मिनेट अघि जर्मनीकै मेर्ली फ्रोहमसले आत्माघाती गोल गर्दा फ्रान्स १-१ को अवस्थामा आइपुग्यो । ७६औं मिनेटमा पोपले दोस्रो गोल गर्दै जर्मनीको जित सुनिस्चित गरिन ।

फाइनल खेल वेल्बली रंगशालामा आइतबार राति हुनेछ । जर्मनीले आठ पटक युरो जितेको छ भने इंग्ल्यान्ड पहिलो उपाधिको संघारमा छ ।

प्रतिक्रिया