August 14, 2022
4:35 AM | 9:20 AM
खेल

पहिलो टि-२० क्रिकेटमा भारत विजयी

  30/07/2022 मा प्रकाशित

नयाँदिल्ली । वेष्ट इण्डिजविरुद्धको पहिलो ट्वेन्टी–ट्वेन्टी खेलमा भारत ६८ रनले विजयी भएको छ । १९१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२२ रन मात्र जोड्न सक्यो । वेष्ट इण्डिजका लागि सामराह ब्रुक्सले २० तथा कप्तान निकोलस पुरनले १८ रन जोडे । बलिङतर्फ भारतका अर्शदीप सिंह, रविचन्द्र आश्विन र रवी बिश्नोईले समान २–२ विकेट हात पारे ।

यसअघि ट्रिनिडाडमा टस हार्दै पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ६ विकेटको नोक्सानीमा १९० रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै दिनेश कार्तिक ४१ रनमा अविजित रहे । जितसँगै भारतले ५ खेलको शृंखलामा १(० को अग्रता लिएको छ ।

प्रतिक्रिया