१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘छक्का पञ्जा–४’ को शुभमूहुर्त

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७९, शनिबार ०५:५२

फिल्म ‘छक्का पञ्जा–४’ को औपचारिक निर्माण घोषणा गर्दै फिल्मको शुभमूहुर्त गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाले सोमबार बिहान भक्तपुर सूर्यबिनायक स्थित गणेश मन्दिरमा ‘छक्का पञ्जा–४’ निर्माणको औपचारिक घोषणासँगै शुभमुहूर्त गरेका हुन् ।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको छायाँकन पनि आजैबाट सुरु गरिएको छ । फिल्म ‘छक्का पञ्जा ४’ लाई हेम राज बिसीले निर्देशन गर्नेछन् । यसअघि ‘छक्का पञ्जा’ का तीनवटै श्रृङखला दीपाश्रीले निर्देशन गरेकी थिइन् । हेमराजले यसअघि होस्टेल, जेरी, गाजलु, ग्याङ स्टार ब्लुज, ब्रेकअप, घामड शेरे लगायत फिल्म निर्देशन गरेका छन् ।

यो फिल्मबाट राज आचार्यले डेब्यू गर्दैछन् । फिल्मको यो शृंखलामा यसपटक मलिना जोशी र बेनिशा हमाल थपिएका छन् । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, राज आचार्य, नीर शाह, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेल लगायत कलाकारहरुको अभिनय रहनेछ ।

दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् । फिल्मलाई कहिले रिलिज गर्ने भन्नेबारे निर्माण टिमले जानकारी दिएको छैन् । फिल्मलाई नरेन्द्र मैनालीले खिच्नेछन् ।