७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन नागरिकता पूर्ण छैन्, अभियान जारी छ: डा. उपेन्द्र महतो, संस्थापक अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७९, शनिबार १९:१०

गरेर देखाउने बेला आएको छ

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संसदको दुवै सदनबाट पारित विधेयकबाट प्राप्त हुने गैरआवासीय नागरिकता पूर्ण नभएको बताएका छन् ।

‘यो आफैमा पुरा होइन, त्यसैले कुनै पनि बन्देजविनाको गैरआवासीय नेपाली नागरिकताको निरन्तरताका लागि हाम्रो अभियान जारी रहनेछ, डा. महतोले भने।

उपेन्द्र महतोले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्ने गरी नयाँ कानून आउन उपलब्धिमूलक रहेको बताए।

संस्थापक अध्यक्ष डा महतोले जर्मनी, जापानजस्ता दोहोरो नागरिकता नदिने मुलुकमा रहेका गैरआवासीय नेपालीहरुलाई पनि सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको (पिपल अफ नेपाली अरिजिन (पिएनओ) कार्ड दिनु पर्ने बताए। ‘घर बनेको छ।

अब बगैंचाभित्र कस्ता फूलहरु रोप्ने भन्ने हामीले नै छनोट गर्ने कुरा हो। अब सबै एनआरएनहरुले मातृभूमिका लागि बोलेर हैन, गरेर देखाउने बेला आएको छ ,’ उनले भने।