१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनलाई राजनीतिक अधिकार नदिइनु निराशाजनकः नरेश कोइराला

नेपालब्रिटेन डट कम्
१४ श्रावण २०७९, शनिबार १९:२८

लण्डन । गैरआवासीय नेपाली संघका संस्थापक मध्येका एक नरेश कोइरालाले एनआरएनलाई राजनीतिक अधिकार नदिइनु निराशाजनक कदम भएको बताएका छन् ।

कोइरालाले झन्डै दुइ दशकको प्रयासपछि नेपालको दुवै संसदबाट एनआरएन नागरिकता सम्बन्धी विधेयकले कानूनी रुप लिएको प्रती उनले खुसी व्यक्त गरे।

सैद्धान्तिक रुपमा यत्रो वर्षको मेहनतपछि जुन अधिकार प्राप्त भएको छ, सन्तोष लिने आधार छ। तर एनआरएनहरुलाई राजनीतिक अधिकार नदिइन चाहिँ निराशाजनक छ, उनले भने।

हाल क्यानाडामा बसोबास गर्ने वरिष्ठ इन्जिनियर कोइराला एनआरएनहरुलाई नेपालको समग्र विकासमा सहभागी गराउने हो भने राजनीतिक अधिकार पनि दिनु पर्ने बताउँछन्। ।

नेपालसँग एनआरएनहरुको सम्बन्ध बलियो बनाउन एउटा नियमनकारी संयन्त्र पनि बनाउन उनले सुझाव दिए ।

सन् २००३ मा स्थापना भएदेखि नै गैरआवासीय नेपाली संघले नेपाली नागरिकताको निरन्तरता भन्दै विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि दोहोरो नागरिकताको माग गर्दै आएको थियो। तर नेपालको भूराजनीतिक संवेदनशीलताका कारण दोहोरो नागरिकता दिन सम्भव नहुने नेपाली नेताहरुले बताएपछि सन् २०१५ मा जारी नेपालको संविधानमा पहिलो पटक गैरआवासीय नेपालीहरुका लागि नागरिकताको प्रावधान राखिएको थियो।