६ बैशाख २०८१, बिहीबार
Follow Us

पिटरबरोमा योगा संचालन (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१५ श्रावण २०७९, आईतवार २१:०२

लण्डन । पिटरबरो नेपाली समाजले योगा संचालन गरेको छ । पिटरबरो नेपाली समाजको आयोजनामा जीवन विज्ञान युकेका प्रशिक्षक सरिता शर्माद्वारा शनिवार पिटरबरोको स्थानियमा योगा कार्यक्रम सम्पन्न भयो।

लगभग ४५ जनाको सहभागितामा सम्पन्न योगा कार्यक्रममा जीवन विज्ञान युकेका प्रशिक्षक सरिता शर्माले सहभागीहरुलाई योगा प्रशिक्षण दिनुभयो ।


उहाँले मानव जिवनमा योगा र ध्यानको महत्व बारेमा प्रकाश पार्नुभएको थियो।

समाजका अध्यक्ष हरिहर भट्टराईले समाजको निमन्त्रणालाई स्विकार गरि पिटरबरोसम्म आएर सहभागीहरुलाई योगा प्रशिक्षण गराउनुभएकोमा जीवन बिज्ञानका योगगुरु सरिता शर्मालाई समाजको तर्फबाट धन्यवाद दिनुभयो ।

समाजका अग्रज किरण कार्कीले योगा र ध्यानको महत्वलाई बुझेर यसको सहि अनुशरण गरेमा यसबाट धेरै फाईदा हुने कुरा बताउनुभयो।

समाजका महासचिव कृष्ण लुइँटेलले सम्पुर्ण दाजुभाईहरुको भावनालाई कदर गर्दै समाजले यस्ता रचनात्मक कार्यक्रमहरुलाई निरंतरता दिदै जाने बताउनुभयो।
योगा कार्यक्रममा सहभागीहरुको तर्फबाट कार्यक्रममा सहभागी सुश्मा बास्तोलाले योगा कार्यक्रममा सहभागी हुँदा आंफुलाई भएको अनुभवको बारेमा प्रकाश पार्नुभएको थियो ।

लगभग तीन घन्टासम्म चलेको कार्यकमको योगा प्रशिक्षक सरिता शर्मा र समाजका अध्यक्ष हरिहर भट्टराईले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको थियो।

योगा कार्यक्रमका संयोजक कपिल खड्काले सहभागी सबैलाई स्वागत गर्नुभएको थियो।