१९ बैशाख २०८१, बुधबार
Follow Us

छनोट समितिद्धारा एनआरएन सिइओको नाम सिफारीश

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७९, मंगलवार ०५:१३

नाम सार्वजनिक गर्न आलटाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख कार्यकारी निर्देशक (सिइओ) को नियुक्तिको लागि गठित छनोट समितिले संघ समक्ष नाम सिफारिश गरेको छ ।

छनोट समितिका एक सदस्यका अनुसार सो पदको लागि अन्तरवार्ता दिएका ४ जनाको नाम र्याङकिङ गरेर संघको नेतृत्व समक्ष सोमवार नाम पठाईएको छ ।

समिति स्रोत अनुसार रवि कुमार अधिकारीको नाम पहिलो नम्बरमा राखिएको छ भने राजेन्द्र कुमार राउतको नाम दोस्रोमा रहेको छ । यस्तै तेस्रोमा अग्नि प्रसाद उपाध्याय (अनिल) र अन्तिममा बन्दना शर्माको नाम सिफारिश गरिएको बताएको छ ।

छनोट समितिमा विज्ञ तथा स्वतन्त्र हैसियतको रुपमा भिम उदास, एकनाथ खतिवडा र अनलराज भट्टराईलाई राखिएको थियो।

गैरआवासीय नेपाली संघका केही पदाधिकारीहरुले छनोट समितिले दिएको सिफारिश गोप्य राखिएकोमा असन्तोष व्यक्त गरेका छन् ।

संघका एक पदाधिकारीले समितिले अध्यक्ष कुल आचार्य समक्ष बन्दिखाममा नाम पठाएको भन्ने सुनेको तर को को छन् भन्ने बारेमा आफुलाई जानकारी नभएको बताए । उनले सिइओ छनोटमा पारदर्शि हुने दावी गरे ।

यस्तै फाइनल अन्तरर्वातामा उम्मेदवारलाई प्रश्न सोधपुछ समितिका सबैजनाले गरेपनि मुल्यांकन गर्ने अधिकार भने स्वतन्त्र हैसियतले बाहिरबाट राखिएका उदास, खतिवडा र भट्टराईलाई दिइएको थियो।