१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पिटरवरो नेपाली समाजको वार्षिक भेला (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७९, मंगलवार १९:३४

लण्डन । पिटरवरो नेपाली समाज युकेको आयोजनामा सोमवार बृहत वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

समाजका अध्यक्ष हरिहर भट्टराई र कार्यवाहक ट्रस्टी बाबुराम धितालले बिहान ११ बजे संयुक्तरूपमा पानसमा दिपप्रज्वलित गरी उद्घाटन गरिएको साधारणसभाले आर्थिक तथा वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ ।

समाजले आफ्नै व्यवस्थापनमा संचालन गरेको पिटरवोरोको स्टाफफोर्ड हलमा सम्पन्न उक्त सभामा कोषाध्यक्ष दिपक वस्यालले समाजको गतवर्षको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव कृष्ण लुईटेलले समाजले गरेका कामको प्रतिवेदन पेश गरेका थिए । दुबै प्रतिवेदन छलफलपछि सभाबाट पारित गरिए ।

समाजका पूर्व अध्यक्ष एवं विधान समितिका सदस्य किरण कार्कीले विधानमा केही वुदा संसोधनका लागि प्रस्तुत गरेका थिए । सधारणसभाले उक्त प्रतावित वुदाहरूमा व्यापक छलफल गरी केही परिमार्जन सहित पारित गरेको छ ।

पिटरवोरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारी, सल्लाहाकार घनश्याम पौडेल, ट्रस्टी बाबुराम घितालले शुभकामना मन्तव्य र समाजकी सचिव जुना सापकोटाले साधारणसभामा स्वागत मन्तव्य दिएका थिए ।

अन्त्यमा सभाको सभापतित्व गरिरहेका समाजका अध्यक्ष हरिहर भट्टराईले समाजले अहिलेसम्म गरेका गतिविधिबारे जानकारी गराउदै साधारणसभामा सहभागीहरुका जिज्ञासाहरूको जवाफ दिएका थिए ।साथै उनले समाजको समाजिक कार्यमा निरन्तर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै समाजले गरेका कार्यहरूलाई सफल बनाउन एकजुट हुन अनुरोध गरे ।

समाजको साधारणसभा समाप्त भएपछि समाजका सबै सदस्यहरू पिटरवोरोको अति रमणीय पर्यटकीय क्षेत्र नेने पार्कमा गएर विविक्यू सहितको खानपिन र नाचगानमा वेलुका ७ बजेसम्म रमाएका थिए ।

कार्यक्रमको संचालन समाजका महासचिव कृष्ण लुइँटेलले गरेका थिए।