१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नमुना संस्थाको रुपमा स्थापित हुदै पिटरवरो नेपाली समाज

नेपालब्रिटेन डट कम्
१७ श्रावण २०७९, मंगलवार २०:२०

लण्डन । बेलायतस्थित पिटरवरो नेपाली समाजले सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेर चर्चामा आएको छ । सन् २००७ मा स्थापित सो संस्थाले नेपाल र बेलायतमा बिभिन्न परोपकारी तथा समुदाय केन्द्रीत काम गरेर बेलायतमै उत्कृष्ट संस्थाको रुपमा देखिएको छ । संस्थामा महासचिव कृष्ण लुईटेलले सोमवार आयोजित वार्षिक साधारणसभामा संस्थाका गतिविधिहरुको फेरहिस्सा प्रस्तुत गरे । १५ बुँदे लामो वार्षिक प्रतिवेदनमा लुईटेलले कोरोना महामारी, समुदायलाई हलको व्यवस्थापन, समुदाय कफि, समुदाय कर्नर, आउटिगं, खेलकुद, सदस्यता अध्यावधिक, वालबालिका, स्वास्थ्य जनजागरण अभियान, परोपकारी साँझ, महिलाहरुको लागि तीज, देउसी भैलो लगायतका क्षेत्रमा संस्थाले काम गरेको समेटेका छन् ।

लुईटेलद्धारा प्रस्तुत वार्षिक प्रतिवेदनको पूर्ण विवरण

आदरणीय अध्यक्ष ज्यु,
ट्रष्टी संयोजक ज्यु,
समाजका पुर्व अध्यक्ष ज्युहरु,
अग्रजहरु एवं उपस्थित सम्पुर्ण दाजुभाईहरुमा हार्दिक नमस्कार!

वर्तमान कार्यसमितिको महासचिवको हैसियतले हाम्रो यो कार्यसमिति बनिसकेपछी समाजको सकृयतामा भएगरेका कामहरुको संक्षिप्त विबरणलाई महासचिवको प्रतिवेदनको रुपमा आजको यो गरिमामय साधारणसभामा पेस गर्ने अनुमती चाहन्छु।

१. मीन राईलाई सहयोग
समाजका भुतपुर्व सचिव आदरणीय मीन राई लामो समय देखि गम्भीर स्वास्थ्य समस्यासंग संघर्ष गरिरहनुभएकोले समाजको तर्फबाट केही आर्थिक सहयोग गर्न उपयुक्त हुने देखि समाजका सम्पूर्ण सदस्यहरुलाई आह्वान गरि संकलन भएको जम्मा £ २६०९ रकम उहाँलाई हस्तान्तरण गरियो।

२. कोभिड महामारीमा सहयोग

नेपालमा कोभिडको महामारिले बिकराल रुप लिएको र कैयौं कोभिड संक्रमित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु अक्सिजन समेत नपाई मर्न परिरहेको तत्कालीन बिकराल अवस्था लाई मध्यनजर गरि समाजका सदस्यहरुबाट यथासक्य सहयोग रकम आह्वान गरि उठेको रकम मध्येबाट £१४०० अक्सिजन कन्सन्ट्रेटर पठाउनको लागि एनआरएनए यूके को खातामा ट्रान्सफर गरियो भने बाकी £४११ ईन्द्रेणी कार्यक्रम लाई पठाईयो।

३. समाजका सम्पुर्ण सदस्यहरुलाई आह्वान गरि ईच्छुक सदस्यहरुको लागि ०९ अगस्ट २०२१ मा बिबिक्यु सहितको समर समर आउटिगंको आयोजना गरियो।

४. वर्तमान कार्यसमिती निर्माण भैसकेपछी बिगतको कार्यसमितिको निरन्तरको प्रयत्न स्वरुप पिटरबरो सिटि काउन्सिल बाट प्राप्त स्टाफर्ड हलको समुचित ब्यवस्थापन र संचालन गर्ने कार्य भैरहेको छ। सो अंतरगत हामिले समाजका विभिन्न समुदायका मानिसहरुको लागि यहि जुन महिनाको अन्त्यसम्ममा जम्मा १७ पटकका कार्यक्रमको लागि हल भाडामा दिने कार्य भएको छ।

५. हलको प्राप्ति पस्चात नियमित रुपमा पहिले प्रत्येक सनिवार तथा त्यस पछि प्रत्येक सोमबार “कम्युनिटी कफि” कार्यक्रम संचालन गर्दै आएका छौं, जसमा हामी नेपाली का साथै विभिन्न अन्य समुदायका ब्यक्तिहरु पनि सहभागी हुँदै आउनुभएको छ।

६. समाजको सदस्यता लिएका सदस्यहरुको विवरण अद्यावधिक गर्ने कार्यको सुरुवात गरिएको छ।

७. समाजको पहलमा समाजका ईच्छुक सबैलाई कुनै न कुनै किसिमको शारीरिक तन्दुरुस्ती का कृयाकलापमा समेट्न सकियोस् भन्ने हेतुले आवस्यक रकम जोहो गर्नको लागि राष्ट्रिय लोटरीसंग बाट £९९९१ प्राप्त गरिएको छ।

८. विशेष गरि ईच्छुक बालबालिका र युवाहरुलाई लक्षित गरि समाजले प्रत्येक आईतबार बिहान कराते कक्षा संचालन गर्दै आईरहेको छ।

९. हाम्रो फुटबल टीमले बङलादेशी फुटबल टीमसंग स्थानिय नेदरटन पार्कमा सम्पन्न मैत्रीपुर्ण खेलमा सहभागी भै जित हासिल गरेको थियो।

१०. समाजका फुटबल प्रेमी युवाहरुलाई प्रोत्साहित गर्ने र समाजका गतिविधिहरुमा उनिहरुलाई सरिक हुन प्रोत्साहित गर्ने उद्देश्यले उनिहरुलाई फुटबलको लागि आवस्यक पर्ने रकम सहयोग गर्दै आएका छौं।
साथै पिएनएस को प्रतिनिधित्व गर्दै हाम्रो समाजको फुटबल टिमले लन्डनमा सम्पन्न गोर्खा लिगमा सहभागिता जनाउने कार्य गरेको छ।

११. समाजका कृकेटमा रुचि राख्ने युवाहरुलाई कृकेटको लागि आवस्यक पर्ने समानहरु खरिद गर्न आवस्यक रकम सहयोग गरिएको छ। यसै अन्तर्गत गत मे महिनामा सम्पन्न एभरेस्ट लिगमा हाम्रो समाजको कृकेट टिम सहभागी भएको थियो।

९. समाजमा स्वास्थ्य सम्बन्धी जानकारी प्रदान गर्न गत २९ जनवरी २०२२ शनिवारका दिन पेट र ठुलो आन्द्राको क्यान्सर लगायतका बिबिध विषयमा बरिष्ट सर्जन(कन्सल्टेन्ट) डा. सन्तोष भन्डारीलाई आमन्त्रण गरि लगभग ३५ जनाको सहभागीमा जानकारीमुलक अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न गरियो।

१२. पिटरबरो नेपाली समाजले गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो संग समन्वय गरि १० अपृल २०२२ का दिन नेपालका प्रतिष्ठित अन्तरास्ट्रिय (म्यागासेसे) पुरुस्कार बिजेता अन्तरास्ट्रिय रुपमा ख्यातिप्राप्त नेपालि बैज्ञानिक महाबिर पुन ज्युसङ्गको साक्ष्यात्कार कार्यक्रमको आयोजना गरियो।

१३. यो कार्यसमिति निर्माण भैसकेपछी विशेष गरि समाजका सदस्यहरूले एक आपसमा घरायसी समानहरुको बिक्रि बितरण तथा च्यारिति सहयोग गर्न मिल्ने गरि ‘पिएनएस सामुदायिक कर्नर’ सुरुवात गरिएको छ।

१४. हरितालिका तीज २०७८ को उपलक्ष्यमा समाजका दिदिबहिनीहरुलाई संगै भेला भई खानपिन र नाचगान गरि मनोरंजन प्रदान गर्नको लागि मिति सेप्टेम्बर २०२१ मा गोर्खा दरबार रेस्टुरेन्टमा तीज पार्टिको आयोजना गरियो। त्यस्तै २०७८ को तीजको दिन नर्दन स्थित स्थानिय चर्चको हल बुक गरि नाचगान गरि मनोरंजन गर्ने ब्यवस्था मिलाईयो।

१५. अक्टोवर २०२१ का दिन हाम्रो आफ्नै ब्यवस्थापनमा संचालनमा आएको यसै हलमा विजया दशमी तथा दिपावली २०७८ को शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरियो।

१४. ३ नोभेम्बर २०२१ का दिन २०७८ को तिहारको उपलक्ष्यमा यसै हलमा देउसी भैलो कार्यक्रमको आयोजना गरियो।

१५. बि. सं. २०७९ को आगमनको पुर्व सन्ध्यामा मिति ११ अप्रिल २०२२ मा यसै हलमा नयाँ वर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम को आयोजना गरियो।

यी र यस्तै कार्यहरु गर्दै हामी अघि बढिरहेको ब्यहोरा यहाँहरुमा बिदितै छ। अत: यहाँहरुको साथ र सहयोगमा आउँदा दिनहरुमा अझै सक्रियता पुर्वक कार्यहरु अघि बढाउने बाचा गर्दै महासचिवको प्रतिबेदनको रुपमा यो कार्यसमितिका गतिबिधिहरुलाई यहाँहरु समक्ष प्रस्तुत गर्दै यो प्रतिवेदनलाई पारित गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।

कृष्ण लुइटेल
महासचिव

१ अगस्त २०२२, सोमबार