१४ बैशाख २०८१, शुक्रबार
Follow Us

परराष्ट्र मन्त्रालयको ‘एनआरएनए डेक्स्’ सहसचिव घनश्याम लम्सालले हेर्ने

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७९, बुधबार ०१:२७

लण्डन । सरकारले परराष्ट्र मन्त्रालय अन्तरर्गतको एनआरएन डेक्स् हेर्न सहसचिव घनश्याम लम्साललाई तोकेको छ ।

यसअघि सो डेक्स् हेर्दै आएका सहसचिव भरतकुमार रेग्मी अष्ट्रियाको लागि राजदुतमा नियुक्त भए पछि रिक्त पदमा लम्साललाई जिम्मेवारी दिईएको हो ।

गुल्मी घर भएका लम्साल गत वर्ष उपसचिवबाट सहसचिवमा बढुवा भएका थिए ।

गैरआवासीय नेपाली संघको गत वर्ष सम्पन्न १० औं महाधिवेशनमा रेग्मीले पटक पटक कार्यक्षेत्र बाहिर गएर पत्र काटेर संघलाई फुटाउने भूमिका खेले पछि उनको गैरआवासीय नेपाली बृतमा चर्को आलोचना भएको थियो ।

रेग्मीकै विवादस्पद भूमिका र संघ परराष्ट्र मन्त्रालयबाट काटिएका पत्रका कारणले संघले मन्त्रालय बिरुद्ध पाटन उच्च अदालतमा मुद्धा हालेको थियो । सो मुद्धामा परराष्ट्र मन्त्रालय पराजित भएको थियो ।