१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सुजाताको गीतमा लण्डनमा खबबुको दमदार अभिनय ( भिडियो)

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७९, बुधबार २०:१६

लण्डन । बेलायतमा तीज गीत (मत हजुर नेपाली) गुन्यो चोलीमा गोर्खाली छोरी तिज म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।

भिडियोमा नेपाली मौलिक संस्कृतिसगैं गोर्खाली चेली गुन्यो चोलीमा शब्दले तिज गितलाई निकै रमाईलो बनाएको छ ।

गीतमा नेपालका चर्चित गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका सुजाता काफ्लेले स्वर दिएकी छन् भने शब्द बिनोद ढकालको रहेको छ।

म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फस्र्ट रनर अप खड्क बहादुर पुन मगर (खबपु) गायक एवम् डान्सर निर आले, नृत्यमा प्रतिष्ठा त्रिपाठी, ,ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ।

कोरियोग्राफर तथा निर्देशन सरु राना गुरुङको रहेको छ ।

म्यूजिक भिडियोको छायाकंन सुमन श्रेष्ठले गरेका छन् ।भिडियोलाई बेलायतको वाटफोर्ड स्थित कृष्ण मन्दिर लगाएत बिभिन्न स्थानमा छायाकंन गरिएको छ ।