१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सन् २००८ पछिकै उच्च ब्याजदर असुल्दै बैंक अफ इङ्गल्याण्ड

नेपालब्रिटेन डट कम्
१९ श्रावण २०७९, बिहीबार ०३:०२

लण्डन् । बैंक अफ इङ्गल्याण्डले बिहीबार ब्याज दरहरूमा बृद्धि गर्ने तयारी गरेको छ ।

सो बैंकले व्यापक रूपमा लगातार छैटौं पटक ब्याज बढाउने अपेक्षा गरिएको छ।

घर जग्गामा हाल भएको ब्याज दर १.२५ प्रतिशतमा रहेको छ, तर केन्द्रीय बैंकले यसलाई १.७५ प्रतिशत सम्म बढाउन सक्ने बताएको । पछिल्लो ब्याजदर बृद्धि डिसेम्बर २००८ पछिको भन्दा उच्चतम स्तर हुनेछ।

बैंकले यो वर्षको अन्त्यमा मुद्रास्फीति ११ प्रतिशत पुग्न सक्ने चेतावनी दिएको छ ।

कोविड प्रतिबन्धहरू सहज हुने र उपभोक्ताहरूले बढी खर्च गर्ने भएकाले विश्वव्यापी रूपमा मूल्यहरू तिब्र रूपमा बढिरहेका छन्।् ।

धेरै कम्पनीहरूलाई बिक्री गर्न पर्याप्त सामानहरू पाउन समस्या छ।
युक्रेन र रुसको युद्धका कारणले विश्वभरको आर्थिक अवस्थामा तरलता आएको बताएको छ । पछिल्लो युद्धले तेल र ग्यासको लागतमा पनि धेरै तीव्र वृद्धि भएको छ ।