August 19, 2022
6:26 PM | 11:11 PM
ताजा खबर

मतदाता नामावली संकलन आजबाट स्थगित

  05/08/2022 मा प्रकाशित

आजदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । सरकारले हिजो मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकल स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गतेदेखि स्थगित हुने आयोगले जनाएको छ ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ (भोलि)समम औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया