१६ चैत्र २०८०, शुक्रबार
Follow Us

न्यूजिल्याण्डसँग नेदरल्याण्ड्स पराजित

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०७९, शुक्रबार ०४:०६

अकल्यान्ड । न्यूजिल्याण्डले पहिलो ट्वेन्टी–ट्वेन्टीमा नेदरल्याण्ड्सलाई १६ रनले हराएको छ । १४९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ३ बल अगावै १३२ रन बनाउँदै अलआउट भयो । नेदरल्याण्ड्सका बास डे लीडेले ६६ रन बनाए । बलिङमा न्यूजिल्याण्डका ब्लेयर टिकनरले ४ तथा बेन सियर्सले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४८ रन बनाएको थियो । न्यूजिल्याण्डका मार्टिन गुप्टीलले ४५ तथा जेम्स निशमले ३२ रन जोडे ।

नेदरल्याण्ड्सका लोगान वर्जुस र सरिज अहमदले समान २–२ विकेट हात पारे । जितसँगै नेदरल्याण्ड्सले दुई खेलको शृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो तथा निर्णायक खेल आज हुँदैछ ।