August 14, 2022
5:34 AM | 10:19 AM
कला तथा मनोरन्जन

विवाह बन्धनमा बाधिँदै ऋचा चड्डा र अली फजल

  05/08/2022 मा प्रकाशित

बलिउड अभिनेत्री ऋचा चड्डा र अभिनेता अली फजलले यस वर्ष विवाह बन्धनमा बाधिँने भएका छन् ।

यसअघि सन् २०२१ मा विवाह गर्न लागेको यो जोडीले कोरोना महामारीका कारण विवाह स्थगित गरेका थिए । त्यसपछि यी दुवैले मार्च २०२२ मा विवाह गर्ने सोच बनाएका थिए । तर, यसपटक पनि विवाह हुन सकेन ।

भारतीय सञ्चार माध्यामका अनुसार उनीहरू आगामी सेप्टेम्बर महिनामा विवाह गर्ने तयारीमा छन् । बिहेको तयारी तिब्र रूपमा भैरहेको पारिवारिक स्रोतले बताएको छ । । विवाह मुम्बई र दिल्लीमा हुनेछ, जसमा नजिकका साथीहरू र परिवारको उपस्थिति हुनेछ।

अली फजल र ऋचा चड्ढा धेरै वर्षदेखि प्रेममा थिए । उनीहरू अहिले सँगैबस्दै आइरहेका छन् ।

प्रतिक्रिया