१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पुष्पराज केसीको गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन

नेपालब्रिटेन संवाददाता
२१ श्रावण २०७९, शनिबार ०४:०५

कवि पुष्पराज केसीका गुम्सिएका व्यथाहरू कवितासङ्ग्रहको विमोचन भएको छ । शुक्रबार काठमाडौंमा वरिष्ठ पत्रकार र समालोचकहरूले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला, वरिष्ठ पत्रकारहरु शम्भु श्रेष्ठ, राजकुमार बानियाँ, ईश्वरी वाग्ले, अग्रज व्यक्तित्व श्यामबहादुर खत्री र कवि पुष्पराज केसीले संयुक्त रुपमा कवितासङ्ग्रहको विमोचन गरेका हुन् । कवितासङ्ग्रह ब्रदर्श बुक्सले प्रकाशन गरेको हो ।

ललितपुर महालक्ष्मी ८ विष्णुडोलका केसीको कवितासङ्ग्रहले जन्मभूमिप्रतिको प्रेम, प्रकृतिप्रेम देखि राजनीतिक विसंगतिप्रति तीखो व्यङ्ग्य गरेको छ । उनले समाजभित्र गुम्सिएका कथा व्यथालाई सरल भाषामा लयवद्ध तरिकाले सृजना गरेको वरिष्ठ समालोचक राजकुमार बानियाँले बताउनुभयो ।

बाँनियाले कवि केसीले आफ्ना अनुभव, भोगाई र संघर्षलाई समेत कवितामार्फत् प्रस्तुत गरेको भन्दै भविष्यमा कृतिहरू सृजनाका लागि प्रेरित हुने सफलताको कामना गर्नुभयो ।