१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए पूर्वअध्यक्ष शेष घलेद्धारा स्कटल्याण्डमा युनिभर्रसिटी खोल्ने घोषणा

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७९, शनिबार १०:२३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले स्कटल्याण्डमा युनिर्भरसिटीको खोल्ने घोषणा गरेका छन् ।

घलेले शनिवार अल्डरशटमा आयोजिक एक स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै घलेदम्पतीले संयुक्त लगानीमा युकेको स्कटल्याण्डमा युनिर्भरसिटी खोल्ने योजना रहेको सुनाए ।

घलेले युनिर्भरसिटीमा नेपाली प्रोफेशनल र प्राविधिकहरुलाई समेत समावेश गर्ने जानकारी दिए ।

सो अवसरमा श्रीमती जमुना गुरुड्गले एनआरएन अभियानमा गरेका कामका बारेमा अनुभव सुनाउदै स्कटल्याण्डमा हुने लगानीको बारेमा आफ्ना भनाईहरु राखेकी थिइन् ।

कार्यक्रममा रसमोर बरो काउन्सीलका नेपाली काउन्सीलरहरु प्रबेस केशी, जीब वेलबासे, नेम थापा, थर्क सेन, एनआरएन युकेका पूर्वअध्यक्ष डम्बर घले, योगेन क्षेत्री, एनआरएनए युकेका संरक्षक शेर सुनार. तमुधि युकेका अध्यक्ष हितकाजी गुरुड्ग, पूर्वअध्यक्ष रामचन्द्र गुरुड्ह, अन्तराष्ट्रिय पर्वत बेयलफेयर सोसाईटीका अध्यक्ष पुरण गिरी, बगर भाईखलक युकेका अध्यक्ष डिलरास गुरुड्ग,पूर्व डिएसपी बाचस्पति रेग्मी,ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुड्ग, पुर्ण गुरुड् लगायतको उपस्थिती थियो ।