१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए यूके भेलामा राजदुत आचार्य अनुपस्थित

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७९, शनिबार २१:२५

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार आयोजित एक भेलामा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य अनुपस्थित भएका छन् ।

एनआरएनए यूके कार्यसमितिभित्रै कार्यक्रम सम्बन्धमा चर्को विवाद भएपछि उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका राजदूत सहभागी भएनन्। गैरआवासी नेपाली संघ यूकेले संघका अध्यक्ष कुल आचार्यको सट्टा शेष घलेलाई अतिथि बनाए पछि संघभित्र तरंग उत्पन्न भएको हो ।

यसअघि शनिवारको बार्षिक साधारण सभा कार्यक्रमको प्रमुख अतिथिको रुपमा राजदूतले भाग लिने योजना थियो। तर अन्तिम समयमा कार्यक्रम विवादित बनेर कार्यसमितिको बहुमत पदाधिकारीले बहिष्कार गरेपछि राजदूत स्वयंले स्वविवेकले सहभागी नभएका हुन्।
दुतावास स्रोतका अनुसार शनिवार भएको भेला बढी विवादित भएको कारणले गर्दा राजदुत आचार्यले अन्तिम समयमा आएर नजाने निर्णय लिएका हुन् ।