१४ बैशाख २०८१, शुक्रबार
Follow Us

वेष्ट इण्डिजविरुद्ध भारत विजयी

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७९, आईतवार ०६:००

जमैका । वेष्ट इण्डिजविरुद्धको चौथो ट्वेन्टी–ट्वेन्टी खेल भारतले ५९ रनले जितेको छ । १९२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज पाँच बल अगावै १३२ रनमै अलआउट भयो । वेष्ट इण्डिजका कप्तान निकोलस पुरन र रोभम्यान पावेलले समान २४-२४ रन जोडे । बलिङमा भारतका अर्शदीप सिंहले ३ विकेट लिए ।

त्यस्तै अवेश खान, अक्षर पटेल र रवि विश्नोइले समान २–२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली भारतले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो ।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन जोडे । त्यस्तै कप्तान रोहित शर्मा ३३ रनमा आउट हुँदा सञ्जु श्यामसन ३० रनमा अविजित रहे । वेष्ट इण्डिजका ओबेड मेकोय र अल्जारी जोसेफले समान २-२ विकेट लिए ।

जितसँगै भारतले ५ खेलको शृंखलामा ३१ को अग्रता लिएको छ । पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल वेष्ट इण्डिजले ५ विकेटले जितेको थियो । तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।