१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटहहम र चेल्सीको सुखद सुरुवात

नेपालब्रिटेन संवाददाता
२२ श्रावण २०७९, आईतवार ०६:०४

लन्डन । इंग्लिस प्रिमियर लिग २०२२/२३ को सिजन शनिबार राति भएको खेलमा टोटनहम र चेल्सीले सुखद् सुरुवात गरेका छन् । टोटनहम हटस्पर रंगशालामा भएको खेलमा घरेलु टिमले साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्‍यो।

टोटनहमको जितमा र्यान सेसेग्नन, एरिक डायर र डेजन कुलुसेभिस्कीले एक-एक गोल गर्दा टिमले एक गोल भने साउथह्याम्पटनका मोहम्मेद सलिसुबाट आत्मघाती उपहार पाएको थियो । खेलमा अग्रता भने साउथह्याम्पटनले बनाएको थियो । १२औं मिनेटमा जे वार्ड प्रोसेले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, यो अग्रता धेरैबेर टिक्न भने सकेन ।

२१औं मिनेटमा सेसेग्ननले गोल गर्दै टोटनहमलाई खेलमा फर्काएका थिए । यस्तै, ३१औं मिनेटमा डायरले दोस्रो गोल गर्दा टोटनहमले ६१औं मिनेटमा सलिसुबाट आत्मघाती गोल उपहार पाएको थियो । त्यसको दुई मिनेटछि कुलुसेभिस्कीले चौथो गोल गरेपछि टोटनहमले सहज जित निश्चित गर्‍यो ।

यस्तै , शनिबार भएको खेलमा चेल्सीले महत्त्वपूर्ण तीन अंक जोड्ने क्रममा एभर्टनलाई १-० अन्तरले पराजित गर्यो । चेल्सीको जितमा जर्जिन्होले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमा गोल गरे । शनिबारै भएको अन्य खेलमा बर्नमाउथले एस्टन भिल्लालाई २-० ले, लिड्सले वुल्भ्सलाई २-१ ले र न्युकासल युनाइटेडले नटिङ्घम फरेस्टलाई २-० ले पराजित गर्‍यो ।

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित
स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज सुरुवात गरेको छ । पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने

ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे । खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।