१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए मिडिया समिति गठन

नेपालब्रिटेन डट कम्
२२ श्रावण २०७९, आईतवार ०९:०९

शर्मा समाचार संयोजक

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको मिडिया टाक्स फोर्स (सूचना तथा प्रकाशन कार्यकादल) गठन गरिएको छ ।

गैरआवासीय नेपाली संघका प्रवक्ताद्धय शिव वरुवाल र सोमनाथ सापकोटाले संघको विधान बमोजिम संयुक्त रुपमा सो समिति गठन गरेका हुन् । समितिको गैरआवासीय नेपाली संघलाई सूचना तथा प्रकाशन सम्बन्धी नीतिगत विषयमा सुझाव दिने र मुख्य कार्य रहने छ ।

प्रवक्ताद्धय बरुवाल र सापकोटाको संयोजकत्वमा रहेको सो समितिमा ४ जना सल्लाहकार र २५ जना सदस्यहरु रहेका छन् । समितिको सल्लाहकारमा भगिरथ योगी (यूके), दधि सापकोटा (फ्रान्स), हेमन्त काफ्ले (अष्ट्रेलिया) र नरेश खपांगीमगर (यूके) रहेका छन् ।

गैरआवासीय नेपाली संघको समाचार संयोजकको जिम्मेवारी नेपाल पत्रकार महासंघ बेलायतका पूर्वअध्यक्ष तथा नागरिक न्यूजका बेलायत संवादाता चिरन शर्मा दिइएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

समितिमा १ दर्जन पत्रकारहरुलाई समाचार विज्ञको रुपमा समेटिएको छ ।

गैरआवासीय नेपाली संघका महासचिवद्धय गौरीराज जोशी र केशव पौडेलको विभाग अन्तर्रगत रहेको सो समितिलाई प्रवक्ताद्धयको सिफारिशमा उपमहासचिवद्धय रामशरण सिमखडा र नारायण काफ्लेले अन्तिम रुप दिएको समितिका सदस्य सचिव डा. चिरनजिवी खड्काले जानकारी दिए ।

यस्तो छ एनआरएनए मिडिया समिति