१५ चैत्र २०८०, बिहीबार
Follow Us

कांग्रेस उपसभापति खड्कालाई कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७९, सोमबार ०६:०२

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए । आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको खड्काका स्वकीय सचिव गौतम विसीले जानकारी दिए । खड्का घरमै आराम गरिरहेका छन् ।