१५ चैत्र २०८०, बिहीबार
Follow Us

६ महिनाकी छोरीको हत्या गरी भागी बिहे !

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०७९, सोमबार ०६:०७

स्याङजा । ६ महिनाका बालिकाको हत्या आरोपमा दुईजना पक्राउ परेका छन् । गल्याङ नगरपालिका २ की २२ वर्षीया लक्ष्मी राना र पाल्पा रामपुर नगरपालिका १० का २२ वर्षीय केदार कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

गल्याङ नगरपालिका २ ईलुङ्गाका मिन बहादुर रानाको ६ महिने बालिकालाई हत्या गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए । हत्या आरोपमा पक्राउ परेकी लक्ष्मी राना मिन बहादुर रानाकी श्रीमती हुन् ।

यही साउन १० गते लक्ष्मी र ६ महिनाको छोरी अचानक सम्पर्क विहीन भएपछि घरपरिवारले खोजतलास गर्दा छोरीको हत्या गरी अर्का हत्या आरोपी केदार कुमालसँग भागी विवाह गरेको पाइएको छ ।

भागी विवाह गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरुलाई साउन २० गते गल्याङबाट पक्राउ गरिएको हो । लक्ष्मी र केदारले साउन १० गते राति करिब १२ बजेको मध्यरातमा छोरीलाई घरकै अस्थायी चर्पीको खाल्टोमा फाली हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चर्पीको खाल्टोमा खोजतलास गर्दा बच्चाको लास सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाए । आरोपित दुवैजनालाई ज्यान सम्बन्धि कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।