६ बैशाख २०८१, बिहीबार
Follow Us

जापानबाट हुन्डीको कारोबार गरेको आरोपमा चारजनाविरुद्ध मुद्दा

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७९, सोमबार १६:१६

जापानबाट नेपालमा हुन्डीको कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले चार जनाविरुद्ध विदेशी विनिमय अपचलनको मुद्दा दायर गरेको छ । ६९ लाख ९९ हजार रुपैयाँ बिगो दाबी गरी विभागले जिल्ला अदालत काठमाडौैंमा मुद्दा दायर गरेको हो । बालाजुस्थित शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रालिका सञ्चालक फणिन्द्रप्रसाद ढुंगाना, म्हैपीस्थित सुवास क्यासमिर कलेक्सनका सञ्चालक सुवासजंग पाण्डे, बालाजुका नवराज ढुंगाना र जापान बस्ने प्रज्वल ढुंगानाविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।

प्रहरीले गत २४ माघमा नवराज ढुंगानालाई स्रोत नखुलेको ६९ लाख ९९ हजारसहित बालाजुबाट पक्राउ गरेको थियो । थप अनुसन्धानका लागि प्रहरीले पैसासहित उनलाई राजश्व अनुसन्धान विभागमा पठाएको थियो । विभागले हुन्डी कारोबारको पुष्टि भएको दाबी गरी मुद्दा दायर गरेको हो । सो रकम जापान बस्ने प्रज्वलले पठाएको विभागले जनाएको छ ।