११ बैशाख २०८१, मंगलवार
Follow Us

नेकपा (एकीकृत समाजवादी) को युरोप समिति गठन, मोक्तान संयोजक तोकिए

नेपालब्रिटेन डट कम्
२३ श्रावण २०७९, सोमबार २१:३८

लन्डन । नेकपा (एकीकृत समाजवादी) को भातृसंस्था प्रवासी नेपाली एकता मञ्च युरोप कमिटी गठन भएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको प्रमुख आतिथ्य तथा युरोप इन्चार्ज सुवास पोखरेलको अध्यक्षतामा सम्पन्न भर्चुअल बैठकले उक्त कमिटीको संयोजकमा बेलायतका नेता उमेश मोक्तान चयन भएका छन् ।

युरोपभर रहेका पार्टी सदस्यहरुको उक्त बैठकमा विस्तृत छलफलपछि मोक्तानलाई संयोजक चयन गरिएको हो ।

बैठकले कमिटीको सहसंयोजकमा निराजन सुवेदी (पोर्चुगल), सचिव अर्जुन खतिवडा (बेलायत), सहसचिव मनोज भुषाल (फिनल्याण्ड), उपसचिव गोमा माझी (साइप्रस), अकल लामा (जर्मनी) र सुधीर अर्याल (पोर्चुगल) लाई चुनेको छ ।

बैठकले प्रचार विभाग पनि गठन गरेको छ जसमा दीपेन्द्र गजुरेल (स्पेन) प्रमुख र बुद्धमान तामांग (साइप्रस) र डा. देवेन्द्र श्रेष्ठ (बेलायत) सदस्य छन् ।

त्यसैगरि, कमिटीको सदस्यहरुमा सञ्जय मडभरी (स्वीजरल्याण्ड), डा. मनभर्ती भुर्तेल (रुस), टंक कटुवाल (पोल्याण्ड), राजन काफ्ले आयरल्याण्ड, कृष्ण देवकोटा (जर्मनी), प्रेम गौतम स्वीडेन, पशुपति प्रसाद भण्डारी (नर्वे), हरि तामाङ (क्रोसिया), चिन्तन बुढामगर (साइप्रस), धनबहादुर बोहरा (नेदरल्याण्ड), कृष्ण चौहान (फिनल्याण्ड), र कृष्णप्रसाद तिवारी (बेलायत) छन् ।

प्रमुख अतिथी श्रीप्रसाद शाह र युरोप इन्चार्ज सुवास पोखरेलले नवगठित कमिटीलाई बधाइ तथा सफलताको शुभकामना दिएका थिए ।