८ बैशाख २०८१, शनिबार
Follow Us

व्यवसायी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

नेपालब्रिटेन संवाददाता
२४ श्रावण २०७९, मंगलवार १३:४६

काठमाडौँ । विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि श्रेष्ठलाई कारागार चलान गरिएको काठमाडौँ प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा २९ असारमा पक्राउ गरेको थियो । तर अनुसन्धानका क्रममा श्रेष्ठको खातामा शंकास्पद कारोबार भएको भन्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसन्धान अनुसन्धान अघि बढाइएको थियो ।

उनको वेल्स बैंक अफ अष्ट्रेलियामा रहेको खातामा एक लाख ९४ हजार अमेरिकी डलर, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार अमेरिकी डलर, शेयर कारोबार, नेपालमा एभरेष्ट बैंकको खाताबाट २ करोड ६ लाख र एनआईसी एसिया बैंकको खाताबाट ६५ लाख २४ हजार रुपैयाँको गरी विभिन्न कम्पनीमा शेयर लगानी रहेको पनि प्रहरीले जनाएको छ ।