७ बैशाख २०८१, शुक्रबार
Follow Us

‘छड्के २’ मा ग्याङ्गस्टार अनमोल

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७९, बुधबार ०५:११

फिल्म ‘छड्के २’ को भदौ १ गतेदेखि सुटिङ्ग आरम्भ हुदैछ । सुटिङ्ग शुरु हुनुभन्दा पहिला यो सिनेमाको वर्कसप समेत गरिएको छ । चितवनमा सम्पन्न वर्कसपका केही तस्वीरहरु बाहिरीएका छन् । तस्वीरहरु हेर्दा यो सिनेमामा अनमोल निकै भिन्न लुक्समा देखिएका छन् । चकलेटी ब्वाई अनमोललाई यो सिनेमामा एङ्ग्री योङम्यानका रुपमा देख्न पाईनेछ ।

यसअघि छड्केमा झै यसपाली पनि ‘छड्के २’ मा ग्याङ्गस्टारहरुको कथा देखाईनेछ । दुई ग्याङ्गबीचको कथा बोल्ने यो सिनेमामा अनमोल केसीले एक ग्याङ्गको लिडरको भुमिका निर्वाह गर्नेछन् भने अर्को ग्याङ्गको लिडरको रुपमा रविन तामाङ्गलाई देख्न पाईनेछ ।

सिनेमाको स्टोरीअनुसार आफ्नो लुक्सलाई भिन्न देखाउन अनमोल केसीले निकै मेहनत गरिरहेको निर्माण टिमले जानकारी गराएको छ । यो सिनेमालाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । सिनेमाका निर्देशक निगम श्रेष्ठ भन्छन् ‘अनमोल केसी अहिलेसम्मको भिन्न भूमिकामा देखिने तयारीका लागि उनले निकै मिहेनत गरिरहेका छन् । एउटा स्टारले आफ्नो क्यारेक्टरलाई जीवन्त बनाउन गरेको यो संघर्षले टिमलाई नै उर्जा मिलेको छ । हामीले सोचेकोभन्दा पनि बढी मिहेनत अनमोलले आफ्नो क्यारेक्टरमा प्रस्तुत हुन गरिरहेका छन् ।’

सिनेमा काभ्रे फिल्मस्को ब्यानरमा बन्दैछ भने सिनेमालाई प्रशान्त गिरी र लक्ष्मण काफ्लेले मिलेर बनाउन लागेका हुन् । यो चलचित्रलाई मनाङ्ग र चितवन आसपासमा खिचिने बताईएको छ । सिनेमालाई ६० दिनमा खिचिनेछ । सिनेमालाई फागुनमा रिलिज गर्ने योजनामा छ निर्माण टिमको ।

चलचित्र ‘छड्के २’ मा कमलमणी नेपालले पनि अभिनय गर्नेछन् भने सिनेमाका अन्य कलाकारहरुको बारेमा भने गोग्य राखिएको छ । सिनेमाले फ्लोर ज्वाई गरेसँगै थप कलाकारहरुको बारेमा जानकारी गराउने भनेर निर्माण टिमले जानकारी गराएको छ । यो सिनेमाबाट निती शाहले डेब्यु गर्ने भनिएतापनि निर्माण टिमले यो बारेमा केही जानकारी गराएको छैन् ।

२०१३ मा प्रदर्शन भएको फिल्म ‘छड्के’ मा सौगात मल्ल, नम्रता श्रेष्ठ, अर्पण थापा, विपिन कार्की, दयाहाङ राईलगायत कलाकारको अभिनय थियो । जुन चलचित्रले सिने नगरीको निकै राम्रो बज् क्रिएट गरेको थियो । ब्यबसायिक रुपमा सोचे अनुरुप हुन नसकेपनि सिनेमालाई धेरैले रुचाएको थिए ।

अब अनमोल केसी ग्याङ्गस्टारको रुपमा देखिने सिनेमा ‘छड्के २’ लाई भने दर्शकले कुन रुपमा लेलान् हेर्न बाँकी छ ।