१५ चैत्र २०८०, बिहीबार
Follow Us

चर्चित एम्पायरको गाडी दूर्घटनामा मृत्यु

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७९, बुधबार ०५:१२

विश्व क्रिकेट जगतका दिग्गज एवं चर्चित एम्पायर रुडी कर्टजनको गाडी दूर्घटनामा मृत्यु भएको छ । दक्षिण अफ्रिकाको केपटाउनबाट घर फर्किरहेका बेला उनि सवार गाडी दूर्घटनामा परेको थियो ।

दक्षिण अफ्रिकी ७३ वर्षीय रुडी कर्टजनसहित तीनजना गाडीमा सवार रहेको र तीनै जनाको मृत्यु भएको त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । कुनैपनि ब्याटर आउट हुँदा बिस्तारै चोरी औंला माथि उठाउँदै आउटको संकेत गर्ने एम्पायरका रुपमा उनि विश्वभर चर्चित थिए ।

सन् १९८१ बाट एम्पायरिङको करियर सुरु गरेका रुडी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक एम्पाएरिङ गर्नेमध्ये एक हुन् ।

उनले कीर्तिमानी २०९ एक दिवसीय, १०८ टेष्ट र १४ वटा टी-ट्‍वान्टी अन्तर्राष्ट्रिय खेलमा एम्पायरिङ गरिसकेका छन् । उनको अन्तिम एम्पाएरिङ २०११ मा भारतमा सम्पन्न आइपीएलमा रहेको थियो । उनि साथीहरुसँग गल्फ खेल्ने सिलसिलामा केपटाउन पुगेका थिए ।