१४ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षणभरमै खरानी भयो बालाजु जुत्ता चप्पल कारखाना

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०७९, बुधबार ०९:२५

काठमाडौं । काठमाडौंको बालाजुस्थित वान वर्ल्ड जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान साढे १० बजेतिरबाट सुरू भएको आगो निभाउन काठमाडौं, भक्तपुर र नेपाली सेनाको दमकल प्रयोग गरिएको छ । साथै केही ट्यांकर पनि आगलागीस्थलमा लगिएको थियो ।

घण्टौंको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा आए पनि जुत्ता कारखाना जलेर खरानी भएको छ । कारखानाभित्रका सबै सामान काम नलाग्ने भएका छन् । आगलागीको कारण पनि खुल्न सकेको छैन ।