१३ बैशाख २०८१, बिहीबार
Follow Us

अफगानिस्तानविरुद्ध आयरल्याण्ड विजयी

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७९, शुक्रबार ०४:५९

डब्लिन । आयरल्याण्डले दोस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । १२३ रनको सामान्य लक्ष्य घरेलु टोली आयरल्याण्डले ६ बल अगावै ५ विकेटको नोक्सानीमा भेट्टाएको थियो । आयरल्याण्डका कप्तान एण्डी बलबिर्नीले ४६ तथा लोर्केन टेक्टरले २७ रन बनाए ।

जर्ज डकरेल २५ रनमा अविजित रहे । बलिङतर्फ अफगानस्तानका कप्तान मोहम्मद नाबीले २ विकेट हात पारे । यसअघि बेलफास्टमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली अफगानिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १२२ रन बनाएको थियो ।

अफगानिस्तानका हस्मतुल्लाह शाहिदीले ३६ रन बनाए । बलिङमा आयरल्याण्डका जोश लिटल, मार्क एडेर, कर्टिस क्याम्पहेर र ग्यारेथ डेलानीले समान २–२ विकेट लिए । लिटल म्यान अफ द म्याच चुनिए । जितपछि ५ खेलको शृंखलामा आयरल्याण्डले २० को अग्रता लिएको छ । पहिलो खेल आयरल्याण्डले ७ विकेटले जितेको थियो ।