८ बैशाख २०८१, शनिबार
Follow Us

कोरोनाको ७८१ जना नयाँ संक्रमित थपिए

नेपालब्रिटेन संवाददाता
२७ श्रावण २०७९, शुक्रबार १३:३५

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

सो अवधिमा २ हजार २९० जनाको पीसीआर र २ हजार ४२२ जनाको एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो । बितेको चौबिस घण्टामा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय काेराेना संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ ।