१५ बैशाख २०८१, शनिबार
Follow Us

काँग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७९, शनिबार ०६:३१

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिवार बिहान बस्दैछ। बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो। बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताका विषयमा छलफल हुने काँग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

बैठकमा निर्वाचनको तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने सङ्गठन सुदृढीकरण अभियान तथा साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको भेलाको विषयमा समेत छलफल हुनेछ।

सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने घोषणा गरिसकेको छ। पाँचदलीय गठबन्धनको नेतृत्व गरेर काँग्रेस चुनावमा होमिएको छ। गठबन्धन दलबीच सिट बाँडफाँडका लागि गठन गरिएको कार्यदलले पनि काम सुरु गरिसकेको छ।

साउन ३० गते बस्ने कार्यदलको बैठकमा दलहरूले सिट संख्या नै दाबी गर्ने तयारी गरेपछि कार्यसम्पादन समितिको बैठकमा काँग्रेसले दाबी गर्ने सिट सङ्ख्याबारे पनि छलफल हुने जनाइएको छ।