१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस–एमालेहरुलाई पनि राजा चाहिन्छ : अध्यक्ष लिङ्देन

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०७९, शनिबार १३:३४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लेङ्देनले कांग्रेस र एमालेलाई राजसंस्थाको पक्षमा ल्याउन सकिने बताएका छन् । शनिबार राप्रपाले आयोजना गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्थाको पुन:स्थापनाका लागि आफूहरुको मात्र दुईतिहाइ बहुमत नचाहिने बताएका हुन् ।

‘हाम्रा धेरै शुभेच्छुकहरुलाई भ्रम छ । ए राजेन्द्र ! यो भोट मागेर कति सिट ल्याएर राजा ल्याउने हो, हिन्दु राष्ट्र ल्याउने हो, कहिले संघीयता फाल्ने हो भनेर भन्नुहुन्छ’ अध्यक्ष लिङ्देनले भने, ‘तर मलाई विश्वास छ । राप्रपाजस्तो पार्टीले दुई तिहाइ बहुमत नल्याए पनि एउटा बलियो हैसियत प्राप्त गरेपछि यही कांग्रेस–एमालेहरुलाई यो देशमा कुनै न कुनै प्रकारको राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्न वातावरण बनाउन सकिन्छ ।’

पहिले संविधानसभा पनि नचाहेको कांग्रेस र एमाले माओवादी केन्द्रको प्रभावमा परेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमा सहमति जनाएको लिङ्देनले बताए ।