September 24, 2022
4:51 PM | 9:36 PM
खेल

मनिष डांगीले बहराइनको दोस्रो डिभिजन लिग खेल्ने

  14/08/2022 मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनीष डाँगी बहराइनको दोस्रो डिभिजनको इतिहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । क्लबले इन्स्टाग्राम पोस्टमा सूचना राख्दै मनिषलगायत खेलाडीलाई अनुबन्ध गरेको हो । गत सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग जितेका मनीष राष्ट्रिय टिमका मुख्य सदस्य हुन् ।

दक्षिण कोरियामा हुर्किएका मनीष नागरिकता बनाउन आएका बेला खालीबारी क्लबबाट खेल्दै नेपाली फुटबलमा डेब्यू गरेका थिए । सहिद स्मारक ए डिभिजन लिग नै नखेली राष्ट्रिय टिममा पुगेका मनीष गत अक्टोबरमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्दा महत्त्वपूर्ण सदस्य थिए ।

प्रतिक्रिया