७ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँचथरमा बालिका बलात्कारको आरोपमा पक्राउ

नेपालब्रिटेन संवाददाता
३१ श्रावण २०७९, मंगलवार ०४:४८

फिदिम । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन । फिदिम नगरपालिका– ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

शनिबार राती बालिकालाई ललाईफुकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन्। प्रहरीले सो घटनाको बिषयमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।