१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए जापानको विवाद मिल्यो

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७९, बुधबार ०२:१९

लण्डन । लामो समयदेखि विवादमा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको विवाद सहमतिमा टुंगिएको छ ।

संघका उपमहासचिव ओम गुरुगंका अनुसार सहमति अनुरुप शिव प्रसाद पौडेल अध्यक्ष रहेको कार्यसमितिलाई अनुमोदन गर्ने र अध्यक्षको दाबी गर्दै आएकि अनिता गुरुङलाई उक्त कार्यसमितिको संरक्षक बनाईने भएको छ ।

दुई पक्षबिच भको पाँच बुँदे सहमति अनुसार एनआरएन जापानको आगामी २०२३ – २०२५ कार्यकालकालागि निष्पक्ष, धाँधलीरहित निर्वाचन गर्नका लागि अधिकार सम्पन्न अनुगमन समिति, निर्वाचन समिति, सदस्यता व्यवस्थापन समिति लगायत अन्य आवश्यक समितिहरु गठन गरिने छ ।

त्यसैगरि एनआरएनए जापानको संस्थागत खाताबाहिर रहेको संघको सम्पूर्ण रकम तत्काल संघको खातामा ल्याईने छ ।

यसरी भयो सहमति