१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘मिसेस नेपाल ग्ल्याम २०२२’ को आवेदन खुल्ला

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०७९, सोमबार १४:०२

काठमाडौं । लामो समयदेखि विभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले विगतका वर्ष झै यो वर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ । आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।

विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो । विगतका वर्षभन्दा यो वर्ष झनै भव्य र सभ्य रूपमा प्रतियोगिता आयोजना हुने आयोजक ग्ल्याम वर्ल्डकी प्रीति कार्कीले बताइन् ।

प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो अडिसन आगामी ११ भदौमा बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुनेछ । सहभागी हुन चाहनेले अनलाइनमार्फत तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन् ।

शीर्षसहित विभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको विजेताले उपाधिका साथमा विभिन्न अवसर गिफ्ट पुरस्कारको रूपमा प्राप्त गर्नेछन् । प्रतियोगिताको कोरियोग्राफर आश्विनी झा हुन् ।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिललगायतका विभिन्न अन्तर्राष्ट्रियस्तरको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए ।

‘मिसेस नेपाल ग्ल्यामको उपाधि २०१८ अलाइजा महर्जन, २०१९ मिनु प्रधान र २०२१ मा उर्मिला कार्कीले जितेकी थिइन् । प्रतियोगीताका विजेताले ‘सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल’ का अलवा बिभिन्न प्रतियोगितामा सहभागीको अवसर प्राप्त गर्नेछन् ।