१५ चैत्र २०८०, बिहीबार
Follow Us

केन्याविरुद्ध नेपाललाई शृंखला जित्ने अवसर

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०७९, सोमबार ०५:४७

काठमाडौं । केन्याविरुद्धको चौथो टी-२० खेलमा आज (सोमबार) नेपाल जितसहित पाँच खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ । बिहीबार सम्पन्न पहिलो खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रबार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । आइतबार सम्पन्न तेस्रो खेलमा केन्यामाथि ४ विकेटको जितसहित नेपालले शृंखलामा २-१ को अग्रता लिएको थियो ।

सो खेलमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेको ओपनर अर्जुन साउद आफ्नो प्रभाव छोड्न सफल भएका थिए । जसका कारण चौथो खेलमा पनि पवनसँगै अर्जुनले नै नेपालको ओपनिङ सम्हाल्ने सम्भावना प्रबल छ ।

त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडेका थिए । केन्याविरुद्धको पाँच टी२० शृंखलालाई नेपालले वरियता सुधारको अवसरमा लिएको छ । पाँच टी२० शृंखलापछि नेपालले केन्याविरुद्ध तीन एक दिवसीय खेलको शृंखला खेल्ने तालिका छ । नेपालले नोभेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमण गर्दैछ ।