७ बैशाख २०८१, शुक्रबार
Follow Us

चेल्सीको पहिलो हार

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७९, बुधबार ०४:५२

काठमाडौं । साउथह्याम्पटनसंग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो हार बेहोरेको छ घरेलु टोली साउथह्याम्पटनको जितमा रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए ।

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा लिड्स युनाइटेड र एभर्टनले १-१ गोलको बराबरी खेले ।