६ बैशाख २०८१, बिहीबार
Follow Us

बिकाशको संगीत र प्रमोदको स्वरमा ४ वटा गीत रेकर्ड

नेपालब्रिटेन संवाददाता
१५ भाद्र २०७९, बुधबार ०४:५५

काठमाडौं । गायक प्रमोद खरेलको स्वर र बिकाश चौधरीको संगीतमा ४ वटा गीत एकसाथ रेकर्ड भएका छन् । चारवटै गीतको म्युजिक भिडियो निर्माण गरिने निर्देशक कृष्ण पौडेलले बताए । गीतको भिडियो पालै पालो तारा सितारा प्रोडक्सनको अफिसियल युटुब च्यानलमा रिलिज गरिनेछ ।

‘सनक्क सनिकए’ बोलको गीतमा शब्द सुदिपजंग थापा र कृष्ण पौडेलको रहेको छ । त्यस्तै ‘बिष नै पिलाएर’ बोलको गीतमा जगेन शर्माको शब्द छ । अर्काे गीत ‘धड्कन बढ्छ’ मा इन्दु दनुवारको शब्द रहेको छ । त्यस्तै दहाल सन्तोषको शब्द रहेको ‘जा तेरो आफ्नै घर बना’ बोलको गीतमा बिकाश चौधरीले संगीत दिएका छन् । भने प्रमोदको स्वर छ । एरेन्जर संजय हमाल, रेकर्डिस्ट सुवास कुथुमी हुन् । गीत ए लेभल रेकर्डीङ स्टुडियोमा रेकर्ड भएका हुन् ।

चारवटै गीतको भिडियोलाई कृष्ण पौडेलले निर्देशन गर्नेछन् । अडियोको सम्पुर्ण काम सकिएको पौडेलले बताए । अब चाडै भिडियो सार्वजनिक गरिनेछ ।