१२ बैशाख २०८१, बुधबार
Follow Us

आर्सनलको लगातार पाँचौं जित

नेपालब्रिटेन संवाददाता
१६ भाद्र २०७९, बिहीबार ०५:२५

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ । बुधबार राति एस्टन भिल्लालाई २–१ ले हराएर आर्सनलले पाँचौं जित निकालेको हो । आर्सनलका लागि ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे भने एस्टनका लागि डुग्लास लुइजले एक गोल गरे ।

खेलको ३० औं मिनेट जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा एस्टनका लुइजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।त्यसपछि ७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २–१ को जित दिलाए ।

जितसँगै आर्सनलले प्रिमियर लिगमा ५ खेलबाट १५ अंक जोड्दै तालिकाको अग्रता जारी राखेको छ । समान खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

लिभरपुलले न्युकासल युनाईटेडलाई हरायो
लिभरपुलले न्युकासल युनाईटेडलाई हराएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले न्युकासल युनाईटेडलाई २–१ ले हराएको हो । लिभरपुलका लागि रोबर्टो फिर्मिनो र फाबियो कार्भाल्होले एक एक गोल गरे भने न्युकासलका लागि एलेक्सान्डर इसाकले एक गोल गरे ।

खेलको ३८ औं मिनेटमा इसाकले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । तर, ६१ औं मिनेटमा फिर्मिनोले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा कार्भाल्होले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए ।

जितसँगै लिभरपुल ५ खेलबाट ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । पराजित न्युकासल ६ अंक जोडेर ११ औं स्थानमा छ ।