१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले बेलायतको अधिवेशन भोलि, त्रिपक्षीय भिडन्तको तयारी

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७९, शनिबार १८:४६

“निर्वाचन समिति गठन”

लण्डन । बेलायतस्थित नेकपा एमालेको भातृसंस्था प्रवासी नेपाली मञ्चको महाधिवेशन आइतवार (भोलि) भव्य रुपमा उद्धघाटन गर्ने तयारी गरिएको छ ।

अल्डरशटस्थित एम्पायरहलमा आयोजना हुने सातौं राष्ट्रिय अधिवेशनको उद्धघाटन नेकपा (एमाले) का स्थायिकमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई गर्ने भएका छन् ।

बिहान ११ वजे देखि शुरु हुने सो महाधिवेशनमा करिब ३ सय जना प्रतिनिधि सहभागी हुने प्रवासी नेपाली मञ्च यूकेले जनाएको छ ।

नयां नेतृत्वको लागि समेत निर्वाचन हुने सो महाधिवेशनमा अध्यक्षको लागि सरस्वती केसी, तुङगा भुषाल र सुरेन्द्र थपलियाबीच प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

अध्यक्ष पदको लागि डा. मुकुन्द बस्तोला र रविन्द्र कंडेलले समेत उम्मेदवारी दिने चर्चा रहेको छ ।

सो महाधिवेशनको लागि एक निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको संयोजकमा कर्ण शाही, सचिव गोविन्द पौडेल छन् । यस्तै सदस्यहरुमा विनोद ज्ञवाली कल्पना त्रिपाठी रहेका छन् ।