१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए महाचिवमा उम्मेदवारी दिने पारसमणीको घोषणा

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७९, आईतवार ०४:४१

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा पारसमणी पोखरेलले महाचिवमा उम्मेदवारी दिने भएका छन् ।

गैरआवासीय नेपाली संघ एशिया क्षेत्रीय संयोजक समेत रहेका पोखरेलले संघको गत साता सम्पन्न एशिया क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै आफुले संघको ११ औं महाधिवेशनमा महाचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले सबैले चाहेमा संघको पुर्नरसंरचनाको लागि उम्मेदवारी दिने चाहना रहेको बताए ।

पोखरेलले संघको सदस्यता वितरण पारदर्शि हुनु पर्नेमा जोड दिर्दै तत्काल सदस्यता वितरण खोल्न आग्रह गरे । उनले संघको निर्वाचनमा एकताको सन्देश लिएर जानु पर्नेमा जोड दिए ।

संघको ११ औं महाधिवेशन तथा निर्वाचन आगामी वर्ष काठमाण्डौंमा हुने घोषणा गरिएको छ ।