१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एशिया क्षेत्रीय सम्मेलन सफल: एनआरएनए थाइल्याण्ड

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७९, आईतवार ०५:०५

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएन) को ९ औं एसिया क्षेत्रीय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति एनआरएनए थाइल्याण्डले आभार व्यक्त गरेको छ ।
संघका अध्यक्ष भविन्द्र बस्नेतले शुक्रवार एक विज्ञप्ति जारी गर्दै सम्मेलन भव्यरुपमा सफल बनाउनको लागि निःशर्त सहयोगको लागि हाम्रा अतिथी लगायत सम्पूर्ण एनआरएनए सदस्यहरूलाई धन्यवाद दिएका छन् ।

बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ यही अगस्त २६ देखि २८ तारीख २०२२ नवौं एशिया प्रशान्त क्षेत्रीय सम्मेलन “मिलाप” सफलतापूर्वक मिलेनियम हिल्टन होटल बैंकक, थाइल्याण्डमा सम्पन्न गरेको छ। तीन दिने सम्मेलनको अध्यक्षता माननीय श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले गर्नुभएको थियो ।

सम्मेलनमा एसिया प्यासिफिकबाट ३०० भन्दा बढी एनआरएनए अभियन्ताहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा नेपाली मूलका नेपालीको (PNO) मुद्दा लगायत एशिया प्रशान्त क्षेत्रका विभिन्न राष्ट्रिय समन्वय समितिले उठाएका १२ मुख्य बुँदाहरू समेटिएको ‘बैंकक घोषणा’ सँगै सम्मेलन समापन भएको छ ।

कार्यक्रम भव्यरुपमा सफल बनाउनको लागि निःशर्त सहयोगको लागि हाम्रा अतिथी लगायत सम्पूर्ण एनआरएनए सदस्यहरूलाई धन्यवाद दिन चाहन्छौं त्यस्तै थाइल्याण्डमा रहेको नेपाली राजदूतावासलाई पनि माया हौसला ,मार्गदर्शन र सहयोगको लागि धन्यवाद दिन चाहन्छौं।