८ बैशाख २०८१, शनिबार
Follow Us

बीसीसी च्यारिटीका लागि लण्डन आइपुगे डा. धम्मापीया

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७९, आईतवार ०५:१२


पूर्ण गुरुङ ।

लण्डन – बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको निमन्त्रणामा अन्तरराष्ट्रिय बुद्धिष्ट कन्फेडेरेशनका महासचिव डा. धम्मापीया लण्डन आइपुगेका छन् ।

उनी बीसीसी यूकेले आइतबार अल्डरसटमा गर्न लागेको च्यारिटी डिनर कार्यक्रमका लागि शुक्रबार साँझ लण्डन आइपुगेका हुन् ।

उनको स्वागतार्थ बीसीसी यूकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, बीसीसी यूकेका टुल्कु गुरु जिग्मे सामतेन, लोपन नोर्बु लण्डन हिथ्रो एयरपोर्ट पुगेका थिए ।

भारतस्थित बहुजन हितया इजुकेशनल ट्रष्ट एण्ड धम्मापीया फाउण्डेशनका संस्थापक एवं अध्यक्ष, त्रिपुरास्थित एमएमडी कलेजका असोसिएट प्रोफेसर समेत रहेका डा. धम्मापीयाले उक्त च्यारिटी डिनर कार्यक्रमको प्रमुख आतिथ्य ग्रहण गर्ने छन्।

बीसीसी यूकेले विभिन्न उद्देश्यका साथ आयोजना गर्न लागेको उक्त च्यारिटी डिनर कार्यक्रममा नेपाली दूतावास लण्डनकी उपनियोग प्रमुख रोशन खनाल, स्थानीय मेयर, काउन्सिलर, विभिन्न संघसंस्थाका पदाधिकारी, भक्तजन, चन्दादाता, बिसीसी युकेका शुभचिन्तक लगायतको विशेष उपस्थिति रहने बीसीसी यूकेका कार्यक्रम संयोजक एवं उपाध्यक्ष रोबिन गुरुङले जानकारी दिए ।

४ सेप्टेम्बर सांझ ५ बजेदेखि एम्पायर हल अल्डरसटमा शुरु हुने उक्त च्यारिटी डिनर नाइट कार्यक्रममा धार्मिक अष्ट मंगल पाठ, प्रवचन, अक्सन, राफल ड्र, सम्मान, गीत तथा नृत्यलगायत विभिन्न प्रस्तुति रहने छन् । बीसीसी यूकेले च्यारिटी कार्यक्रममा सहभागी भैदिन सबैमा अनुरोध गरेको छ ।

स्मरण रहोस्, बीसीसी यूकेले मानवीय कल्याण, बौद्ध शिक्षा, बीसीसी यूके भवन खरिद, निर्माण, मर्मत संहारलगायत विभिन्न उद्देश्यका साथ प्रत्येक वर्ष च्यारिटी गर्दै आएको छ ।